४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेप्सेमा सामान्य अंकको गिरावट, तीन कम्पनीको सेयरमूल्यमा सर्किट


२० वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ काे बिन्दुमा बन्द भएकाे छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८० करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरको ९४ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बिहीबार आइएमई लाइफ इन्स्योरेन्सकाे सर्वाधिक काराेबार भएकाे छ ।

बिहीबार तीन कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन समता लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यस दिन पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक घटेकाे छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १५:२७