१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एनपिपिएफ साउथ अष्ट्रेलिया राज्य समिति पुनर्गठन, अध्यक्षमा अर्जुन पौडेल


अष्ट्रेलिया । नेपाली जनप्रगतिशिल मञ्च(एनपिपिएफ) साउथ अष्ट्रेलिया राज्य समितिको पुनर्गठन गरिएको छ ।

एनपिपिएफ अष्ट्रेलियाका उपाध्यक्ष कपिल पाण्डेको प्रमुख आतिथ्यमा बसेको एनपिपिएफ साउथ अष्ट्रेलियाको बैठकले साउथ अष्ट्रेलिया राज्य समिति पुनर्गठन गरेको हो । बैठकले अर्जुन पौडेल अध्यक्ष र सुशिल रानाभाटलाईमा सचिव चयन गरेको एनपिपिएफ अष्ट्रेलियाका सदस्य सुजन अधिकारीले बताएका छन् ।

यसैगरी सदस्यहरुमा अर्जुन न्यौपाने, नबिन अधिकारी, सुजन दहाल, डेनियल श्रेष्ठ, बिजेन्द्र महर्जन, मनिस खनाल रहेका छन् ।

भने सल्लाहकार समितिमा कपिल पाण्डे, सुजन अधिकारी आनन्द वखरेल, बिष्णु चापागाई रहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १७:१८