८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

न्यादी हाईड्रोपावर १५ करोड ११ लाख घाटामा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक


१९ वैशाख, काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा न्यादी हाईड्रोपावर लिमिटेड १५ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.९० प्रतिशतले कम हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी १५ करोड ८९ लाख ७३ हजार नोक्सानमा थियो ।

कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी १.०२ प्रतिशतले घटेर ४३ करोड ५ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ४३ करोड ४९ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, कुल नाफा पनि १.७९ प्रतिशतले घटेर २३ करोड ३४ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ ।

 कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४४ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६७.०५ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १३:१७