८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै सोपान मल्टिपल, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल


१९ वैशाख, काठमाडाैं । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

साे सम्झौतामा सोपान मल्टिपल कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष डा.ई.ताराप्रसाद पोखरेल र एनएमबी क्यापिटलका तर्फबाट सीईओ दिपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् । वैशाख २२ गते आयोजना हुने कम्पनीकाे १५ औं वार्षिक साधारण सभाबाट प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०७ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेकाे हाे ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १०:०५