४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन


१८ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा सिएसडिसी हाइड्रोपावरको ११ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७२९ रुपैयाँ ७३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार ८१० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै अब बिहीबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १७:४६