८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

२००० विन्दुभन्दा माथि पुग्यो नेप्से, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट


१८ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा हरीयाली छाएकाे छ । मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ काे विन्दुमा बन्द भएकाे छ । मंगलबार ४ अर्ब ८० करोड रुपैयाँ बराबरको १ करोड १८ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

आज दुई कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाेहो। यस दिन पोखरा फाइनान्सको सेयरमूल्य भने सर्वाधिक घटेको छ। आज शाइन रेसुङ्ग डेभलपमेन्ट बैंककाे सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १५:२४