८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


१८ वैशाख, काठमाडौं । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १९ गते देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका छ । यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन् ।

कम्पनीले चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ११.५७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीको आगामी वैशाख ३१ गते आयोजना हुन लागेको कम्पनीको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार ०९:१९