झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट
१७ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन साेमबार नेप्से झिनो अंकले बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ विन्दुमा पुगेको छ। यस दिन २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको ७३ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
सोमबार तीन कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।यस दिन पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक घटेको छ।
प्रकाशित मिति : April 29, 2024 at 3:28 pm









