१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विषाक्त रक्सी पिउँदा सात जनाको ज्यान गयो, १६ जना अस्पताल भर्ना

१३ मंसिर, काठमाडाैँ । विषालु रक्सी पिउँदा सात जनाको ज्यान गएको छ । भारतको पश्चिम बंगालमा  विषालु रक्सी पिउने सत जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । रक्सी पिएर बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ । पश्चिम बंगाल राज्यमन्त्री अमित मित्राले  समाचार एनेन्सी पीटीआईसँग कुरा गर्दै यो कुराको पुष्टि गरेका छन् ।

मित्राले दिएको जानकारी अनुसार राज्य सरकारले यो घटजनको छानविनका लागि सीआईडीलाई आदेश दिएको छ । उनले विहार र झारखण्डबाट विषालु रक्सीको तस्करी कसले गर्दैछ भन्ने पत्ता लाग्ने बताएका छन् । उनले ज्यान गुमाउनेका परिवारलाई दुई दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार ०९:२४