२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

सर्वसाधारणका लागि नेशनल लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य


१४ वैशाख, काठमाडाैं । स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले नेशनल लाइफको १५ हजार ९४५ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो ।

बिक्रीमा राखेकाे सेयरको न्यूनतम मूल्य २२५ रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति तथा कम्पनीले बोलपब आवेदन पेश गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी वैशाख २१ गतेसम्म आफूले लिन चाहेको सेयर संख्या खुलाइ आवेदन दिनुपर्नेछ ।  लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि काठमाडाैंकाे बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्। निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार १०:३३