२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नेशनल हाईड्रोपावर १ करोड १४ लाख घाटामा


१४ वैशाख, काठमाडाैं। नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड १४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नोक्सानी २ करोड २९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ०.०७६ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ करोड ९१ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने २ करोड ९१ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ करोड ५० लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी  ६२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३३ पैसा रहेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार १०:०३