२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

आईपीओ निष्कासन गर्दै पुवा खोला–वान हाईड्रोपावर


१४ वैशाख, काठमाडौं । पुवा खोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम वैशाख १५ गते विशेष साधारण सभा बस्दै छ । साधारण सभाबाट कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ ।

उक्त सभामा आईपीओ निष्कासन गर्ने र उक्त कार्यका लागि कम्पनीको तर्फबाट अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ । साथै नयाँ परियोजनामा लगानी गर्ने र कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार ०९:४३