२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

नेप्सेमा झिनो अंकको गिरावट, फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण


१३ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ५३ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको ६३ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

लगानीकर्ताहरु फाइनान्स कम्पनीहरुमा आकर्षित भएका छन् । यस दिन सेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा ५ फाइनान्स कम्पनी रहेका छन्। जसमध्ये मल्टीपर्पस फाइनान्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सबैको लघुवित्तको सेयरमूल्य सर्वाधिक घटेको छ। बिहीबार पोखरा फाइनान्सकाे सर्वाधिक सेयर काराेबार भएकाे छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार १५:२५