२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नेप्सेमा झिनो अंकको सुधार, २ अर्ब ५३ करोडको कारोबार


१२ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा कायम हुन पुगेको छ । बुधबार २ अर्ब ५३ करोड रुपैयाँको ७२ लाख ८४ हजार २७२ कित्ता सेयर कारोबार भएको छ।

बुधबार फाइनान्स कम्पनीमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ।  यस दिन पोखरा फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार १५:२३