२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

लाभांश प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टको साधारण सभा आज बस्दै


१२ वैशाख, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारण सभा आज बस्दैछ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको ५ औं साधारण सभा आज बस्न लागेकाे हाे ।

उक्त सभा रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेको होटल सिद्धार्थ भिलासामा आयोजना हुन लागेको हो । सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

उक्त सभामा ५ जना संस्थापक सेयरधनी तथा १ जना सर्वसाधारण र १ जना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित हुनेछ ।लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३० गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसकाे अर्थ चैत २९ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार ०९:१८