२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

११ वैशाख, काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । अब बजार बुधबार मात्रै खुल्नेछ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार ०९:३०