२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सर्वसाधारणलाई १० लाख ५० हजार कित्ता आईपीओ जारी गर्दै क्लासिक भ्यु रिसोर्ट


९ वैशाख, काठमाडाैं । क्लासिक भ्यु रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले सर्वसाधारणलाई जारी पूँजीको १४ प्रतिशत अर्थात रु.१०० अंकित दरका १० लाख ५० हजार कित्ता आईपीओ  निष्कासन गर्न लागेकाे हाे ।

कम्पनी र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच आईडिया टु आईपीओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

क्लासिक भ्यू रिसोर्ट बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणधिन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार १७:५०