२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

१२ लाख कित्ता आईपीओ निष्कासन गर्दै ह्वाइट लोटस पावर


९ वैशाख, काठमाडौं। ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २६प्रतिशत अर्थात प्रतिसेयर रु. १०० दरका १२ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन गर्न  लागेको हो ।

कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका छन् ।

ह्वाइट लोटस पावरले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलामा ६.८२ मेगावाट नदिमा हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार १७:३९