९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

नेप्सेमा दोहोरो अंकको सुधार, २ अर्ब २५ करोडको कारोबार

९ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइताबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आइतबार नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २ अर्ब ९ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन दोल्ती पावरको सेयरमूल्य सर्वाधिक बढेकाे छ भने आज पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक घटेकाे छ ।

प्रकाशित मिति : April 21, 2024 at 3:22 pm