आईपीओ निष्कासन गर्दै वाईवाई चाउचाउ
४ वैशाख, काठमाडौँ । नेपालको प्रसिद्ध चाउचाउ वाईवाईले आईपीओ निष्कासन गर्ने भएको छ । चौधरी ग्रुपका म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरीले वाईवाईको आईपीओ निष्कासन गर्ने तयारी भईरहेको बताएका हुन् ।
चौधरीले एक्समा पोष्ट गर्दै लेखेका छन्,‘हामी तपाईहरुको मनपर्दो चाउचाउ वाईवाईको नेपालमा आईपीओ निष्कासन गर्ने योजना बनाईरहेको कुरा सेयर गर्न गर्न पाउँदा खुसी रोमाञ्चित छौं ।’
प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार ०९:२३