१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

नेप्सेमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट

३ चैत, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।  सोमबार नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ३ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको ७२ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था र दोल्ती पावरको सेयरमा नकारात्मक सर्किट लेलागेको हो।

प्रकाशित मिति : April 15, 2024 at 3:41 pm