११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ८ हजार कित्ता सेयर बिक्रीमा

३० चैत, काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ जना संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ८ हजार ९२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको सेयर शाखा लाजिम्पाटमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : April 12, 2024 at 11:51 am