२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

वाणिज्य बैंकहरुले कमाए ४२ अर्ब बढी नाफा, नबिल शीर्षमा


२८ चैत, काठमाडाैँ । चालु आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आवको फागुन मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख नाफा आर्जन गरेका हुन् ।

याे अवधिमा सबैभन्दा बढी नाफा कमाउने शिर्ष स्थानमा नबिल बैंक रहेको छ । यो  अवधिमा नबिल बैंकले ४ अर्ब ७२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, ग्लोबल आईएमई बैंकले ३ अर्ब ४३ करोड ३० लाख खुद नाफा आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, प्राईम कमर्सियल बैंकले २ अर्ब ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड ७० लाख र नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

समीक्षा अवधिमा एनआइसी एसिया बैंकले २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २९ करोड ३४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख, हिमालयन बैंकले १ अर्ब ९४ करोड ८३ लाख, एनएमबि बैंकले १ अर्ब ९२ करोड ५२ लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब ८२ करोड ६ लाख, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड ६५ लाख र सानिमा बैंकले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

साथै, प्रभु बैंकले १ अर्ब ५१ करोड ४५ लाख, कुमारी बैंकले १ अर्ब ४२ करोड ४६ लाख, नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख, सिटिजन बैंकले १ अर्ब २२ करोड ६५ लाख र माछापुच्छ्रेले १ अर्ब १६ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । याे अवधिमा नेपाल एसबिआई बैंकले सबैभन्दा कम १ अर्ब २० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १५:०३

https://srdb.com.np/