१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रभु बैंकले बोलायो साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा

२७ चैत, काठमाडौँ । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। बैंकको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख २० गते काठमाडौँको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा २२ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : April 9, 2024 at 9:16 am