२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त

२६ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । सभामुख भीम भण्डारीले नाउपा सांसद गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा राजनितिक दत सम्बन्धि ऐन २०६६ को दफा ३४ को बमोजिम नागरिक उन्मुक्ति पार्टिको चं.नं. ५०४ मिति २०८०/१२/२१ गतेको पत्रबाट प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ’ सूचनामा भनिएको छ ।

सरकारलाई लिएर आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाएकी थिइन् । नाउपा अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १६:१९