२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

नेपाली पाठशालाद्धारा साउथ अष्ट्रेलियाका कक्षा १२ उत्तिर्ण गर्ने नेपाली विद्यार्थीहरुको सम्मान


एडिलेड । नेपाली पाठशाला, एडिलेडले साउथ अष्ट्रेलियाबाट कक्षा १२ उत्तिर्ण गर्ने १२ नेपाली मुलका छात्र छात्राहरुलाई सम्मान गरेको छ ।

बालबालिकाहरुलाई नेपाली भाषा अध्यापन गराउनका लागि २००८ मा स्थापित नेपाली पाठशालाले विगत ५ बर्ष देखी साउथ अष्ट्रेलिया भित्रका कक्षा १२ उत्तिर्ण गर्ने नेपाली मुलका विद्यार्थीहरुको सम्मान साँझको आयोजना गरेर सम्मान गर्दै आएको छ ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागी नेपाली राजदुत कैलाश राज पोखरेलले विद्यार्थीहरुलाइ बधाई दिदै अष्ट्रेलियामा नेपालीलाई चिनाउन भुमिका खेलेकोमा खुशी व्यक्त गर्दै फिजीका नेपाली समुदायको उदाहरण दिदै अष्ट्रेलियामा नेपाली भाषाको जगेर्ना गरेकोमा पाठशालाको भुमिकाको प्रशंसा गरेका थिए ।

स्थानिय टि ट्रि गली काउन्सीलकी मेयर मारिजका रायनले बहुसास्कृतिक मुलुक अष्ट्रेलियामा नेपाली समुदायले खेलेको भुमीकाको प्रशंसा गरेकी थिईन । कार्यक्रममा प्रिन्सिपल मोडबरी प्राइमरी स्कूलकी प्रिन्सिपल सारा स्लेटर समेतले सम्मानित विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेकी थिईन ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल बिना धमलाले विद्यालयले भाषा शिक्षणका सहित नेपाली संस्कृति, पर्वहरुको जानकारी दिने गतिविधी गर्दै आएको बताईन् ।

यसै गरि कक्षा १२ उत्तिर्ण गरेर विद्यार्थीहरुलाई पाठशालाका अगुवा तथा शिक्षक शिक्षिकाहरुले सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । सम्मानित हुनेहरुमा मानबी बगाले, श्रीजा कँडेल , अंगज गुरुङ, रिजा गुरुङ, बिमल ज्ञवाली, हेमाङ्ग हमाल, क्रिस्टिना देवकोटा, शिवांश पन्त, श्रेयस क्षेत्री, स्नेहा अर्याल, स्वीकृति कार्की, सृष्टि पन्थ, शमिचा कोइराला, रहेका गरिएको थियो ।

सम्मानित विद्यार्थीहरुले  मातापिता सहित सम्मानित गर्ने पाठशाला परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । उनीहरुले सानो हुदा नेपाली भाषा सिकाउनु हुने शिक्षक शिक्षिकाहरु प्रति पनि आभार व्यक्त गरेका थिए ।

कार्यसमिती सदस्य अनिता पराजुलीको स्वागत मन्तव्यबाट शुरु भएको सम्मान कार्यक्रममा कार्यक्रमका सभापति तथा नेपाली पाठशालाका अध्यक्ष अंकुर उपाध्यायले सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

पुर्व अध्यक्ष कपिल पाण्डे, प्रिशा गौतम, रिया घिमिरेले संचालन गरेको कार्यक्रममा बालबालिका तथा शिक्षिकाहरुले  नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १९:१९