२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

फोहोर फ्याँक्न अबरोध गर्ने कांग्रेसका नेता श्रीराम ढुंगानासहित १५ जना पक्राउ

२४ चैत, नुवाकोट । फोहोर फ्याँक्न अबरोध गर्ने कांग्रेसका नेता श्रीराम ढुंगानासहित १५ जना पक्राउ परकेा छन । काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न अबरोध सिर्जना गर्ने ढुंगानासहितका १५ जना पक्राउ भएको स्थानीय बैकुण्ठ घिमिरेले जानकारी दिए ।

विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न ढंगानासहितले अवरोध गरेका थिए । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो ।

उक्त समितिका संयोजक नेपाली कांग्रेसका नेता समेत रहेका ठेकेदार श्रीराम ढुङ्गानाले ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको दाबी गरेका छन । यसअघि काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन र उपप्रमुख सुनिता डंगोल स्थालगत अवलोकनमा गएको समयमा पनि ढुंगानाले एक्लै आन्दोलन गरेर देखाउने भन्दै केही समय फोहोर बन्द गराएका थिए ।

ढुंगाना नेपाली कांग्रेसको अर्जुननरसिंह केसी समूहका नेता हुन । लामो समयदेखि फोहोरका नाममा पार्टीको प्रतिनिधि बनेर काम गरेका अर्जुन न्यौपानेको अस्वभाविक प्रगतिदेखिपछि ढुंगाना लगायतका अर्को समूहका कांग्रेस नेताहरूले छुट्टै आन्दोलन थालेका हुन । ढुंगाना त्यस क्षेत्रका जन्मिएको भए पनि उनी काठमाडौँ महानगरपालिका वडा नम्बर १६ माछापोखरीमा रहेको घरमा बस्दै आएका छन । उनी आन्दोलनका लागि मात्र ककनी जाने गरेका छन ।

कतिपय राजनीतिक दलका नेताहरूले स्थानीयको जग्गाको मुअब्जा दिलाइदिने भनेर पहिल्यै कमिसन लिइसकेर पनि सरकारसँग मुअब्जा दिलाउन नसकेको भन्दै केही स्थानीयले गुनासो समेत गर्ने गरेका छन । केहीले एकै कित्ताको जग्गाको दुइवटा लालपूर्जा बनाएर समेत मुअब्जा लिएका छन ।

यो पनि पढ्नुहोस्,

फोहर व्यवस्थापनमा अबरोध सिर्जना गर्ने कांग्रेस नेता ढुंगानासहित ११ जना पक्राउ

काठमाडाैँका मेयर बालेनलाई लोकमानलाई जस्तै लखेट्ने कांग्रेस नेता ढुंगानाको घोषणा (भिडियो)

जनप्रतिनिधिको सहमतिमा बञ्चरेडाँडा पुगेको फोहोर व्यवस्थापनमा कांग्रेसको अवरोध

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार ०९:१४