१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

भक्तपुरमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम

१० फागुन, काठमाडौं । कजारिया रमेश टाइल्स लिमिटेडले भक्तपुरको इटापाको, सल्लाघारीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। पीएनएस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालित उक्त शोरूम फागुन ९ देखि सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मिस वर्ल्ड नेपाल २०२४ आश्मा केसी पनि सहभागी हुनुहुन्थ्याे ।

कम्पनीका अनुसार नयाँ शोरूममार्फत प्रिमियम टाइल्सका विभिन्न डिजाइन तथा साइज ग्राहकलाई उपलब्ध गराइनेछ। शोरूममा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिक वाल टायलका विभिन्न विकल्प राखिएका छन्।

कम्पनीले नेपालमै टायल उत्पादन उद्योग सञ्चालन गर्दै आएको र हाल देशभर १०० भन्दा बढी शोरूममार्फत आफ्नो सञ्जाल विस्तार गरिसकेको जनाएको छ।

प्रकाशित मिति : February 22, 2026 at 5:17 pm