१० माघ २०८१, बिहीबार | Thu Jan 23 2025

नेप्सेमा १६ अर्ब ७ करोड बराबरको बोनस सेयर सूचिकृत

२२ चैत, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १६ अर्ब ७ करोड बराबरको बोनस सेयर सूचिकृत भएकाे छ । चालु आवको ८ महिनासम्ममा नेप्सेमा  रु.६८ अर्ब ८५ करोड बराबरको साधारण सेयर, रु.१७ अर्ब ७९ करोड बराबरको हकप्रद सेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल रु.१०२ अर्ब ७४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएकाे हाे ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८० करोड बराबरको साधारण सेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १७:११