१० माघ २०८१, बिहीबार | Thu Jan 23 2025

नेप्सेमा थप ६४ लाख कित्ता बोनस सेयर सूचीकृत

२१ चैत, काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६ प्रतिशत  बोनस बापतको ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 गत आर्थिक वर्षका लागि १६ प्रतिशत बोनस सेयर र ०.८४ नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १६.८४ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि १६ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १७:३३