जनविश्वासलाई सम्मान गर्न सञ्चारक्षेत्र संवेदनशील बन्नुपर्छ: उपप्रधानमन्त्री पाेखरेल
९ मंसिर, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संचार क्षेत्र संवेदनशिल बन्नुपर्ने बताएका छन । कलेज अफ मास कम्युनिकेसन एण्ड जर्नालिज्म बुढानिलकण्ठ -११ को भवन “आदिम मिडिया हाउस ” को उद्घाटन कार्यक्रममा पोखरेलले वर्तमान समयमा पत्रकारिता क्षेत्र अनुसन्धान मुलक भन्दा पनि सतही भएको भनाई व्यक्त गरेका छन।

पछिल्लो समय रास्ट्रपती र उपराष्ट्रपतीको गाडी खरिद सम्बन्धि प्रकरण तर्फ संकेत गर्दै पोखरेलले प्रचारमुखी भन्दा तथ्यमुखी समाचार सृजना गर्दा पत्रकारिता क्षेत्रको गरिमा बढ्ने बताए । बिमस्टेक बैठकको समयमा एउटा गतिलो गाढी किन्न नसकेको भनेर आलोचना गर्ने मिडियाले अहिले गाढी खरिद गर्न पुरानो प्रक्रिया अगाडी बढाउदा आलोचना गरेको प्रति गुनासो रहेको बताउदै उपप्रधान मन्त्री पोखरेलले संचार क्षेत्रले सत्य तथ्यको खोजमा ध्यान पुर्याउनु पर्ने बताएका छन ।
जनताले संचार क्षेत्रलाई धेरै विस्वास गरेको र त्यसलाई सम्मान गर्न संचार क्षेत्रले संवेदनशील बन्नुपर्ने भन्दै उनले आग्रह वा पूर्वाग्रह राखेर समाचार लेख्नु पत्रकारिता नहुने धारणा राखे ।

नेपालमा प्रतिभा र श्रम पलायनको अवस्था डर लाग्दो रहेको भन्दै उनले नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन नगरे सो समाधान नहुने बताए । आमसंचार विषयको पठन पाठन गर्दै आएको कलेजको भवन उद्घाटन गर्दै उनले नेपालमा प्राविधिक शिक्षालय स्थापनाको पहल सरकारले लिईरहेको जानकारी दिए ।
प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार १७:१०












