१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

नेतृत्वबाट समान र सम्मानजनक व्यवहार नभए अप्रिय परिणाम भोग्नुपर्छ: ईश्वर पोखरेल

७ पुस, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले नेतृत्वबाट समान र सम्मानजनकव्यवहार नभए अप्रिय परिणाम भोग्ने कुरा रोक्न नसकिने बताउनुभएको छ । फेसबुक मार्फत अध्यक्ष र उहाँको कार्यकर्तालाई सम्झाउदै पोखरेलले यस्तो भन्नु भएको हो ।

उहाँले भन्नुभएको छ, `नेतृत्वबाट  सबैले आत्मसमर्पण होइन , समान र सम्मानजनक व्यवहारकोअपेक्षा पनि गरेका हुन्छन् – नेतृत्वले र तरंगित हुने सबैले बुझ्नैपर्छ । त्यस्तो हुन नसक्ता अप्रिय रनोक्सानदायी परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र !?´

यस्तो छ पोखरेलको प्रतिक्रिया

सही कुरा बुझौं !

भ्रममा  परेर तरंगित  नबनौं !!

————————————

हालै  नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको  छ ।  त्यहां उठेकाछलफलका विषय , नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी  समूहमा रहनु भएकासाथीहरूका विचमा भएको  सामान्य र विदाइ छलफललाई लिएर  अहिले केही साथीहरूलेतरंगित बनेर सार्वजनिक गर्नु भएको  प्रतिकृयाप्रति ध्यानाकर्षण भएको छ । विगतमा पटकपटक पार्टीभित्रको  वहस विवादमा नकारात्मक र नोक्सानदायी परिणाम  झेल्दै र भोग्दै आएकोपृष्ठभूमिका बारेमा हामी जानकारनै छौं ।  त्यसले सृजना गरेको त्रासबाट हामी अहिले पनि केहीहदसम्म  त्रसित छौं र पीडित पनि  रह्यौं । तर अहिले विगतको त्यही त्रास वा ‘भूत’ बाट तर्सिरहनु  कति उचित हुन्छ ? एउटा कुरा – विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुने छैन – हुन दिइनेछैन । संस्थागत गरिएका  ( वा गरिने ) निर्णय र  महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमाकसैबाट पनि कुनै काम हुने छैन । तर हरेक तहका नेता / कार्यकर्ताले  आत्म समर्पण होइन, आत्मसम्मान  खोज्छन् ; कसैलाई काखा कसैले पाखा नगरियोस् भन्ने आशा र अपेक्षा गरेकाहुन्छन् । र, त्यस्तो नहुंदा वा हुन नसक्ता त्यसप्रति असहमती वा विरोध भने हुनेछ भन्ने कुरालाईअस्वाभाविक रूपमा लिनु हुन्न पनि !

   हो, यसपटक विभिन्न कारणले सर्वसम्मती भएन,

नेतृत्वका लागि । ( खासमा नेतृत्वबाट सर्वसम्मतीका लागि ठोस  पहल नभएको कुरामहाधिवेशनका आम सहभागीहरूले बुझेकै हुनुपर्छ । नेतृत्वमा रहेका खास खासलाई विदा गर्ने  पूर्व योजना रहेर त त्यस्तो गरिएको त थिएन – धेरै सहभागीले यो  प्रश्न मनमा लिएर आआफ्नाक्षेत्रमा फिरेको हुनुपर्छ । )   

     समूह/ समूह बनेपछि र समूहकै हिसावले प्रतिस्पर्धाको प्रकृयामा गएपछि केही नीतिगतअडान, खासगरी पार्टी जीवनको लोकतान्त्रिकरणसित सम्वन्धित  विषयमा केन्द्रीत रहेरविषयहरू उठाइएका थिए ।   ती मुद्दाका  रूपमा  प्रस्तुत गरिएका थिए , ‘अबधारणा पत्र ‘ कारूपमा सार्वजनिक गरिएका थिए र महाधिवेशनको बन्द सत्रमा समेत प्रस्तुत गरिएकै हुन् ! अर्थात्, लुकाइरहनुपर्ने केही विषय छैनन् वा होइनन्  पनि ! जे होस् , अहिले महाधिवेशनले एउटानिष्कर्श दिइसकेको छ ! त्यसलाई  पालना गर्नु सबैको कर्तव्य हो। तर नेतृत्वबाट  सबैलेआत्मसमर्पण होइन , समान र सम्मानजनक व्यवहारको अपेक्षा पनि गरेका हुन्छन् – नेतृत्वले रतरंगित हुने सबैले बुझ्नैपर्छ । त्यस्तो हुन नसक्ता अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबैअभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र !?

   रूपान्तपणका लागि निरन्तर  वहस/ छलफल , आधिकारिक र संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा पाखा नहुने कुराको सुनिश्चितता, विभाजनको दुर्भाग्यपूर्ण कुराको दृढतापूर्वकविरोध – अहिलेको आवश्यकता हो । महाधिवेशनमा नेतृत्व चयनमा समूह/ समूह रहे  पनि  सम्बद्ध सबैलाई यिनै कुराबाट निर्देशित हुने / निर्देशित गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

       कसैप्रति पनि आग्रहप्रेरित कटाक्ष गरिनु कुनै पनि अर्थमा पार्टी र आन्दोलनलाई लाभ पुर्याउनेविषय नभएर नोक्सान मात्र पुर्याउने विषय हुन् । अनावश्यक तरंगित नबनौं ! सबैले बुझौं ! अहिलेनेकपा ( एमाले) सम्बद्ध सबै नेता, कार्यकर्ताहरूले यी कुरामा ध्यान पुर्याउनै पर्ला –

   – विधि र प्रकृया अनुसार गरिएका/ भएका संस्थागत

      निर्णयहरूको निशर्त पालना !

– पार्टी एकतालाई मजबुत बनाउन सबैबाट त्यसै अनुसारको व्यवहार  ! पार्टीलाई  विभाजितबनाउने कुराको सख्त बिरोध । संगसंगै , सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानकोपक्षपोषण !

– यिनै कुराका आधारमा पार्टी नेतृत्वको प्रतिरक्षा हुन्छ – सबै षडयन्त्रहरूलाई पराजित गर्नसकिन्छ ! र नेकपा ( एमाले) लाई एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउन सम्भव हुनेछ ।

प्रकाशित मिति : December 22, 2025 at 11:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/