१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

ईश्वर पोखरेल र विद्या भण्डारी माथि प्रदीप ज्ञवालीको प्रश्न

७ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले ईश्वर पोखरेल र विद्या भण्डारीमाथि प्रश्न गर्नुभएको छ । सोमबार बिहानै सामाजिक सञ्जालमा ज्ञवालीले पोखरेलले धन्यवाद दिन गरेको भेला र भण्डारीले राजनीति यस्तै तरल रहे राजसंस्था पुनःस्थापना हुन्छ भनेर दिएको अभिव्यक्तिमा प्रश्न उठाउनु भएको हो ।

यस्तो छ ज्ञवालीको प्रश्न

हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो

महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन महाधिवेशनपार्टीको सर्वोच्च निकाय हो त्यसको फैसला पनि अन्तिम नमानिने हो त्यसपछि पनिमुद्दाकायमैरहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ यसो हुनुहुँदैन

एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार कारण थियोकेहीकमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता स्वीकार्यतामाथि उठाएको प्रश्न महाधिवेशनले तीप्रश्नको स्पष्ट द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुन: अनुमोदित गरेको

अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेरदुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, खोक्रो एकताजस्तो बाटोमा हिँड्दा कहीँ पुगिदैन

तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर् याएका छौं तर जित्नुपर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै

अब हाम्रो समग्र उर्जा यसमै केन्द्रित हुनुपर्ने होइन ?

पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?

प्रकाशित मिति : December 22, 2025 at 7:24 am