ईश्वर पोखरेल र विद्या भण्डारी माथि प्रदीप ज्ञवालीको प्रश्न
७ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले ईश्वर पोखरेल र विद्या भण्डारीमाथि प्रश्न गर्नुभएको छ । सोमबार बिहानै सामाजिक सञ्जालमा ज्ञवालीले पोखरेलले धन्यवाद दिन गरेको भेला र भण्डारीले राजनीति यस्तै तरल रहे राजसंस्था पुनःस्थापना हुन्छ भनेर दिएको अभिव्यक्तिमा प्रश्न उठाउनु भएको हो ।
यस्तो छ ज्ञवालीको प्रश्न
हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो ।
महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशनपार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दाकायमै ‘ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ । यसो हुनुहुँदैन ।
एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो– केहीकमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न । महाधिवेशनले तीप्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुन: अनुमोदित गरेको छ ।
अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिदैन ।
तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर् याएका छौं । तर जित्नुपर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ ।
अब हाम्रो समग्र उर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ?
पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो ।आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
प्रकाशित मिति : ७ पुष २०८२, सोमबार ०७:२४












