२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

सर्वोत्तम सिमेन्टले घोषणा गर्यो लाभांश, साधारण सभा पनि आह्वान

२० चैत, काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बैठकले कम्पनीको ५ औं वार्षिक साधारण सभा समेत बाेलाएकाे छ । प्रस्तावित लाभांश उक्त सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएकाे छ । उक्त सभामा गत आर्थिक वर्षको वित्तीय विववरणहरु पारित हुनुका साथै ५ जना संस्थापक र एक जना सर्वसाधारण र एक जना स्वतन्त्र सञ्चालकको निर्वाचने गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ चैत २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १८:१९