२९ माघ २०८१, मंगलवार | Tue Feb 11 2025

नेप्सेमा १ करोड ५१ लाख कित्ता बोनस सेयर सूचीकृत

२० चैत, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा लक्ष्मी सनराइज बैंक लिमिटेडको बाेनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज बैंकको ७ प्रतिशत बोनस बापत  १ करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले गत आव २०७९/८० का लागि ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि गरी कुल ७.३७ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोहि ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १३:५६