निर्मलाको हत्या गर्ने सरकार सञ्चालनमै रहेको व्यक्तिको छोरा ! प्रकाण्डले कसरी लगाउलान पत्ता ?
९ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सरकार सञ्चालककै छोराले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको दाबी गरेका छन । शनिबार राजधानीमा अायोजित अामसभामा उनले निर्मलाको हत्यामा सरकार सञ्चालन गरेर बसेका व्यक्तिकै छोराको संलग्नता रहेको ठोकुवा गरेका हुन ।
उनले निर्मलाको हत्यारा सरकार सञ्चालककै छोरा भएको भन्दै पार्टीले हत्याको अनुसन्धान गरेर कारबाही गर्ने चेतानी समेत दिए ।उनले सरकार नै निर्मला पन्तको हत्या र बलात्कारका घटनामा संलग्न रहेको कारण अपराधीलाई पत्ता लगाउने र कारबाही गर्ने कुरामा चुकेको बताए । प्रकाण्डले हत्यारालार्इ यही सरकारका अगाडि, जनताका वीचमा ल्याएर कारबाही गर्ने बताए ।

अनुसन्धानका क्रममा घटनास्थल आसपासका सीसी क्यामेराका फुटेजहरु डिलिट गरिएको भनिएकोमा त्यसको रिकभर गर्न काठमाडौं ल्याइएकोमा अहिलेसम्म त्यसलाई गुपचुप राखिएको र सो फुटेजमा केही भीआइपीका सन्तान पनि देखिएको भन्दै उनले अब अाफ्नै पार्टीले कारबाही गर्ने बताए ।
प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार ११:०५












