११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

नेप्सेसँगै घट्यो कारोबार रकम, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

१९ चैत, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ को बिन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा सोमबार २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि साेमबार दुई कम्पनीकाे सेयरमा भने सकारात्मक सर्किट लागेकाे छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था र माइ खोला हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । साेमबार रिभर फल्स पावर कम्पनीको सेयरमा भने नकारात्मक सर्किट लागेकाे छ ।

प्रकाशित मिति : April 1, 2024 at 3:21 pm