९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबालार्इ बुद्ध एयरमा यात्रा गर्न किन प्रतिबन्ध ?

९ मंसिर, कैलाली । बुद्ध एयरले जहाजमा चढ्न नदिएपछि छोरीका हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका बेला बिरामी परेका निर्मलाका बुबा यज्ञराज र उनका आफन्त कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका छन् ।

उपचारका लागि काठमाडौं लैजान विमानस्थल पुर्‍याइएका उनलाई एयरलाइन्सले विमानमा चढाउन नमानेका कारण अलपत्र परेका हुन् ।छोरीका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्ना बसेका उनलाई शनिबार साँझ बुद्ध एयरलाइन्सको विमानबाट काठमाडौं लैजाने तयारी गरिएपनि एयरलाइन्सले नमानेपछि त्यो असफल भएको थियो ।

त्यहीअनुसार श्रीमती दुर्गादेवीसँग २ जना अन्य आफन्तसहित साँझ कैलालीको गेटा विमानस्थल पुगेका थिए । तर एयरलाइन्सका कर्मचारीले यो रूप देखाएका व्यक्तिलाई विमानमा चढाउन नसकिने भनेपछि पन्त परिवार विमानस्थलमै अलपत्र परे । त्यसपछि यज्ञराजलार्इ सेती अञ्चलन अस्पतालमा लगेर भर्ना गरिएको छ ।

प्रकाशित मिति : November 25, 2018 at 8:25 am