सर्वोत्तमको सेयरमा नकारात्मक सर्किट, लगानीकर्ताले एकै दिनमा गुमाए साढे ५ हजार
१८ चैत, काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयरमा नकारात्मक सर्किट लागेको छ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आएदेखि निरन्तर सातौ कारोबार दिनसम्म सकारात्म सर्किट लागेको थियो । तर आठौं कारोबार दिन आइतबार बजार खुलेको केही समयपछि कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किक लागेको हो ।
यस दिन न्युनतम ५० कित्ता आइपीओ पार्ने लगानीकर्ताले एकै दिनमा ५ हजार ४१० रुपैयाँ गुमाएका छन् । आज एकै दिनमा सर्वोत्तमको प्रतिकिता सेयरमा १०८ रुपैयाँ २० पैसाले घटेको छ । सो समाचार तयार पार्द सम्ममा सर्वोत्तमको प्रतिशेयर मूल्य ९७४ रुपैयाँ ५० पैसा रहेको छ ।
आज सर्वोत्तमको २ लाख ८२ हजार ५६१ रुपैयाँ बराबरको ७ हजार ३५६ कित्ता सेयर विक्री भएको छ । कम्पनीको आईपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले सेयर पाएका थिए । लगानीकर्ताले प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता सेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए ।
प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार १४:०३












