१०० रुपैयाँ मै सेयर बिक्री गर्दै एचआईडीसीएल, सर्वसाधारले पनि किन्न पाउने
१८ चैत, काठमाडौँ। हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल० ले संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।
कम्पनीले आगामी चैत २५ गतेदेखि उक्त सेयर बिक्री गर्न लागेको हो । बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बालकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौं, विर्तामोड,विराटनगर,जनकपुर,वीरगञ्ज,हेटौडा,चितवन,पोखरा,बुटवल,बाग्लुङ,नेपालगञ्ज,सुर्खेत,धोराही,धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । यसमा वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ ।
प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार १२:०१












