९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१५ चैत, काठमाडौँ ।  मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत १५ गते बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली चैत १६ गते शुक्रबार बुकक्लोज गर्दैछ।

यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

चैत २९ गते लैनचौर ब्याक्वेट, लैनचौर, काठमाडौँमा कम्पनीको दशौँ वार्षिक साधारण सभा बस्दै छ । सो सभा बिहान ११ बजेबाट सुरु हुनेछ।सभाले हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : March 28, 2024 at 9:16 am