१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

बैंक डुबाउन सक्रिय कांग्रेस नेतासहित एनसिसीका १३ कर्मचारी पक्राउ (सूचीसहित)


२ चैत, काठमाण्डौं । बैंक डुबाउन सक्रिय नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी)का सञ्चालकसहित १३ कर्मचारी पक्राउ परेका छन । पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता समेत रहेका बैंकका सञ्चालक बिष्णु धिताल पनि रहेका छन । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराेले बैंककाे काठमाण्डौं कमलादी स्थित केन्द्रिय कार्यालयमा छापा मारी सञ्चालकसहित १३ कर्मचारीलार्इ पक्राउ गरेको हाे ।

 

नेपाल राष्ट्र बैंकले अनियमित कर्जा प्रबाह गरेको आरोपमा कारबाही गर्न व्यूरोलार्इ पत्राचार गरेपछि प्रहरीले शुक्रबार छापा हानेको हाे । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बैंकमा कार्यरत १३ कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको पुष्टि गरे ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक र एनसिसी बैंक मर्ज हुने क्रममा एपेक्सका उच्च कर्मचारीले कर्जा प्रवाह गर्दा अनियमितता गरेको राष्ट्र बैंकले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरू 

1. विष्णु प्रसाद धिताल तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
2. ईच्छा बहादुर गुरुङ तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
3. सुवर्ण राज भण्डारी, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
4. मधुवन लाल श्रेष्ठ तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
5. ऋषी राज भट्ट तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत
6. दुर्गा दत्त जोशी, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक
7. रामचन्द्र बसौला तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
8. बिकास श्रेष्ठ तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
9. सागर नेउपाने तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख
10. मान ब. राउत तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
11. विनित मणि उपाध्याय तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
12. मोहन खरेल तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
13. सुदिप थापा तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १६:०९