३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

चिरख्वा हाइड्रोपावरको लक इन अवधि वैशाख १५ गते सकिँदै

१४ चैत, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि आगामी वैशाख १५ गते सकिँदै छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि वैशाख १५ गते सकिँन लागेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाइएको ४० हजार कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको सेयर गत कात्तिक १६ गते बाँडफाँड गरेको थियो । कम्पनीको सेयर रजिस्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ०९:५४