३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

माउन्टेन इनर्जीको साधारण सभा सम्पन्न, पारित भयो १५.७८९५ प्रतिशत लाभांश

१४ चैत, काठमाडौँ। माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । लाभांशको एजेण्डा पारित गर्दै चैत १३ गते कम्पनीको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाबाट गत आर्थिक बर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।

त्यस्तै, सभामा गत आर्थिक बर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरु पारित भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ०९:४३