४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

नेप्सेमा दोहोरो अंकको सुधार, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

१३ चैत, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा बन्द भएकाे छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता सेयर कारोबार भएको छ।

मंगलबार दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन दोल्टी पावर कम्पनी र सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। मंगलबार धौलागिरी लघुवित्तको सेयरमूल्य सर्वाधिक घटेको छ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १५:२२