९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

कुमारी बैंकको २० हजार कित्ता सेयर बिक्रीमा

९ चैत, काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै सेयर खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। बिक्रीमा राखेको सेयरमा बिक्रेताले तोके बमोजिम सेयरको मूल्य हुने बैंकले जनाएको छ ।

साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : March 22, 2024 at 10:17 am