२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब ३१ करोडको कारोबार

८ चैत, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ बिन्दुमा बन्द भएको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बिहीबार ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ बराबरको १ करोड ८५ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबार सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको सेयर निरन्तर तेस्रो कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : 15:19