११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

नेप्सेले गर्यो एक कम्पनीको सेयर कारोबार रोक्का

८ चैत, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले एक सूचना जारी गर्दै कम्पनीले लाभांश घोषणा सम्बन्धि सूचना समयमा नै नदिएका कारण सेयर कारोबार रोक्का गरेको जनाएको छ।

‘चैत ७ गते दिउँसो १ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेकाे तर साेकाे जानकारी चैत ८ गते ११ः१७ बजे काराेबार समयमा मात्र प्राप्त भएकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ। कम्पनीले सो व्यवस्था पालना नगरेका कारण सेयर कारोबार रोक्का गरेको नेप्सेले जारी गरेकाे पत्रमा उल्लेख गरेको छ।

नेप्सेले कारोबार रोक्का भएको मितिले ३ कार्यदिन भित्र के कति कारणबाट समयमा नै जानकारी दिन नसकेकाे हाे ? साे सम्वन्धमा स्पष्टिकरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ।

प्रकाशित मिति : March 21, 2024 at 1:05 pm