११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

नेप्सेमा सामान्य अंकको गिरावट, तीन कम्पनीको सेयर सकारात्मक सर्किट

६ चैत, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा बन्द भएकाे छ । नेप्से घटेपनि मंगलबार कारोबार रकम भने बढेको छ। यस दिन ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता सेयर कारोबार भएको छ।

मंगलबार तीन कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक घटेकाे छ ।

प्रकाशित मिति : March 19, 2024 at 3:21 pm